काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो।

बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २८ करोड ६७ लाख ६३ हजार १४८ रुपैयाँको २१ प्रतिशतले हुन आउने ६ करोड २ लाख २० हजार २६१ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। 

प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।