काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ।

संस्थाको शनिबार बसेको सञ्चालक समितिको बैठकले यही चैत २७ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको बनेपा–८ स्थित बनेपा पार्टी भेन्युमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ३० करोड ६९ लाख २३ हजार १४८ रुपैयाँको २१ प्रतिशतले हुन आउने ६ करोड २ लाख २० हजार २६१ रुपैयाँबराबरको बोनस सेयर पारित गरेको छ। 

बोनस सेयर जारी गर्दा संस्थाको पुँजीसमृत वृद्धि हुने भएकोले सोका लागि प्रबन्धपत्रमा संशोधन गरी पुँजी वृद्धि गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग आपसमा गाभ्न, गाभिने तथा प्राप्ति गर्न र हुने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही चैत १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।