काठमाण्डौ । समाजकल्याण परिषद्ले भूकम्पपछिको पुनर्निर्माण र पुन: स्थापनाका लगि जम्मा भएको करोडौं रुपैयाँ दुरुपयोग गरेको विषयमा नेपाल रेडक्रस सोसइटीमाथि छानबिन गर्ने भएको छ ।

अस्थयी टहरामा पीडित जाडोले काँपिरहेका बेला रेडक्रसले भूकमपपीडित कोषको रकम दुरुपयोग गरेको समाचार सार्वजनिक भएपछि परिषद्ले छानबिन गर्ने भएको हो ।

भूकमपपछि राहत, उद्धार तथा पुन: स्थापनामा सक्रिय रुपमा लागिरहेको रेडक्रसले बताउँदै आएको छ । तर उसले काम गरिरहेको क्षेत्रका धेरै भूकम्पपीडित अस्थायी टहरामा गुजारा चलाउन बाध्य छन् । 

रेडक्रसले विभिन्न दाताले पुन: स्थापना गतिविधि सञ्चालनका लगि दिएको २४ करोड ५० लाख रुपैयाँ पदाधिकारीहरुले अनियमित रुपमा खर्च गरेको समाचार सार्वजनिक भएको थियो ।यो खबर आजको नागरिकमा छापिएको छ ।