काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मुलुकले परिलक्षित गरेको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेको छ।

राष्ट्र बैंकको ६८ औँ वार्षिकोत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारीले शुभकामना सन्देश जारी गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास एवं सुरक्षित तथा सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक नीति निर्माण गरिने राष्ट्र बैंकले जनाएको छ। 

मौद्रिक नीतिको व्यवस्थापन र वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने प्रतिबद्धता पनि राष्ट्र बैंकले गरेको छ।