काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डाकेको छ।
संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नुवाकोटको ककनीस्थित फल एन्ड ट्राउट भिलेज होटेल एन्ड रेस्टुरेन्टमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित २५ प्रतिशत बोनस सेयर अनुमोदन गर्नेछ।
सोही सभाले अन्य लघुवित्त संस्थाहरु गाभ्ने, गाभिने वा प्राप्ति तथा खरिदसम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। यसका लागि आवश्यक सम्पूर्ण प्रक्रिया गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावित पनि सभाले अनुमोदन गर्नेछ।
गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु सभाबाट पारित हुनेछ।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले आउँदो कात्तिक १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक ११ गतेसम्म कायम सेयरधनीहरुमात्र यो संस्थाको लाभांश पाउन योग्य हुनेछन्।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago