काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ७० हजार कित्ता बढी सेयर आज माघ १० गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ।
कम्पनीले १ लाख ७० हजार ३७५ कित्ता सेयर बिक्रीमा राख्ने भएको हो। यो लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।
बोलपत्र पेस गर्दा न्यूनतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने कुनै हद लाग्ने छैन।
लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य ३८० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति माघ २४ गतेसम्म तोकिएको छ।
7 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
15 hours ago
15 hours ago