काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यसञ्चालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न गरेको छ।
यही जेठ ३ गतेदेखि १० गतेसम्म तीन चरणमा आयोजित तालिममा ५५ वटा शाखा कार्यालयमा कार्यरत १३५ जना फिल्ड कर्मचारीहरुको सहभागिता थियो।
तालिमको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले तालिमको उद्देश्यबारे प्रकाश पारेका थिए। उनले यस प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे।
तालिममा श्रवणकुमार सपोर्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोख्रेलले प्रशिक्षण दिए। कार्यक्रममा आशा लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारीसहित विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी, रविन खतिवडा, दीपेन्द्र खनाल, प्रदीप श्रेष्ठ, राजीव डंगौरालगायत सुदीप श्रेष्ठ र रुपेश घिमिरेले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरे।
नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय यो संस्थाले हाल २९ वटा जिल्लाका ५५ शाखा कार्यालयमार्फत करिब ७६ हजार सदस्यलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ। संस्थाले हालसम्म करिब ५ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गर्नुका साथै सदस्यबाट १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago