रुपन्देही । नेपालगञ्जबाट उत्पादन हुने आशिर्वाद पेन्टस् प्रालिले आइतबारदेखि थप ३ वटा नयाँ उत्पादन बजारमा ल्याएको छ ।

अन्तर्राष्ट्रिस्तरको मापदण्डअनुसार अत्याधुनिक प्रविधिबाट उत्पादन गरिएको वातावरणमैत्री ती ३ उत्पादनलाई एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

कार्यक्रम उद्घाटन गर्दै नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा जोड दिए।

भारतिय आयातलाई रोक्नका लागी यस्ता स्वदेशी उत्पादनलाई प्रोत्साहन उनको भनाई छ । २०६९ सालमा नेपालगञ्जमा उत्पादन गरिएको आर्शिवाद पेन्टस्ले अहिले देशभर ४ सय ११ वटा डिलर बिस्तार गरिसकेको छ ।

महेन्द्रनगरदेखि पोखरासम्म डिलरहरु सञ्चालनमा आएको बताउँदै प्रािलका अध्यक्ष किरण कार्कीले पूर्वी जिल्लामा समेत विस्तारको काम भइरहेको बताए ।

उनका अनुसार अहिले उद्योगले २४ प्रकारका रंगहरु बिक्री गरिरहेको छ ।

नेपालगन्जको औद्यौगीक क्षेत्रमा ३ करोडको लगानीमा सुरु गरिएको उद्योगमा अहिले ९ करोडको लगानी पुगेको छ । स्वदेशमा उत्पादित गुणस्तर भएको रंग देशभर पुर्याउने उद्देश्ययले काम थालिएको कम्पनीले जनाएको छ ।