काठमाण्डौ । नेपाल निर्यात परिषद् (इकोन) ले पहिलाकै हवाई कार्गो भाडादर कायम गर्न माग गरेको छ।

इकोनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। अहिलेको कोरोना महामारीको अवस्थामा हवाई कम्पनीहरुबाट पहिलाको भन्दा २÷३  गुणाभन्दा बढी हवाई कार्गो भाडादर वृद्धि गरिरहेको उल्लेख गर्दै इकोनले यसबाट हवाई कार्गो भाडादर महँगो हुँदा नेपाली वस्तु  निर्यातकर्ता तथा आयातकर्ता व्यवसायीहरुसमेत आक्रान्त भइरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

कोभिड–१९ को कारणवाट भएको लकडाउनले सम्पूर्ण उद्योग व्यवसायहरु प्रभावित भएका उल्लेख गर्दै इकानेले यस्तो प्रतिकूल अवस्थामा समेत नेपाली निर्यात व्यवसायमा क्षेत्रमा संलग्न उद्यमीव्यवसायीहरुले थोरैथोरै परिमाणमा भए पनि चार्टर्ड विमानबाट नेपाली वस्तुहरु निकासी गर्दै आएको अवगत गराएको छ। ‘विद्यमान अवस्थामा समग्र निकासी कार्यमा संलग्न सम्पूर्ण उद्यमीव्यवसायीको निकासी व्यापार शिथिल र मर्माहत बनेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस विषम परिस्थितिलाई ध्यानमा राखेर समग्र निर्यातयोग्य वस्तुहरुको निकासी प्रवद्र्धनको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याउन हवाई कार्गो भाडा दरलाई पूर्वत लागतमा तल्काल सुचारु गरी सरलीकृत गर्ने व्यवस्था मिलाई नेपालको निकासी अभिवृद्धि गर्न सहयोग पुर्याइदिन सरकारसँग आग्रह गर्छौं।’