काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको ‘(इक्रा–आईआर) ए’ निष्कासनकर्ता रेटिङलाई पुनः पुष्टि गरेको छ। 

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ। 

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी राय मात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले जनाएको छ।

रेटिङ वर्ग ‘(इक्रा–आईआर) एए’ देखि  ‘(इक्रा–आईआर) सी’सम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ ‘(इक्रा–आईआर) ए प्लस’को स्थिति ‘(इक्रा–आईआर) ए’ भन्दा एक चिह्न माथि रहन्छ। जब कि ‘(इक्रा–आईआर) ए माइनस’ को स्थिति ‘(इक्रा–आईआर) ए’ भन्दा एक चिह्न तल रहन्छ।