काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई (इक्रा–आईआर) बीबीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। 

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयतासम्बन्धी रायमात्र हो र यो कुनै खास ऋणपत्रविशेषको राय नभएको इक्रा नेपालले जनाएको छ। 

रेटिङ वर्ग ‘(इक्रा–आईआर) एए’ देखि ‘(इक्रा–आईआर) सी’ सम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ (इक्रा–आईआर) बीबीबी प्लसको स्थिति (इक्रा–आईआर) बीबीबीभन्दा एक चिह्न माथि रहन्छ जब कि (इक्रा–आईआर) बीबीबी माइनसको स्थिति (इक्रा–आईआर) बीबीबीभन्दा एक चिह्न तल रहन्छ।