काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले समृद्धि फाइनान्स कम्पनी लिमिटेड लाई विगतमा प्रदान गरेको निष्कासनकर्ता रेटिङ (इक्राएनपी–आईआर) सीलाई (इक्राएनपी–आईआर) बी माइनसमा अपग्रेड गरेको छ। 

उक्त रेटिङ प्राप्त गर्ने निकाय समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहका मानिन्छन्।

रेटिङ वर्ग (इक्राएनपी–आईआर) एएदेखि (इक्राएनपी–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्सल (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ (इक्राएनपी–आईआर) बी प्लसको स्थिति (इक्राएनपी–आईआर) बीभन्दा एक चिह्न माथि रहन्छ। जब कि (इक्राएनपी–आईआर) बी माइनसको स्थिति (इक्राएनपी–आईआर) बीभन्दा एक चिह्न तल रहन्छ।