काठमाण्डौ । इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नेपालमा मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा सञ्चालन गर्दै आएको इजी ट्याक्सी नेपालका ट्याक्सीहरुलाई बीमा सेवा सुविधा उपलब्ध गराउने विषयमा प्रभु इन्स्यारेन्ससँग सहकार्यको सम्झौता भएको हो। आइतवार प्रभु इन्स्यारेन्सको मुख्यालय तीनकुनेमा आयोजित एक कार्यक्रमका बीच इजी ट्याक्सी नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जित पौडेल र प्रभु इन्स्योरेन्सका तर्फबाट सन्चित बज्राचार्यले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
कार्यक्रममा बज्राचार्यले इजी ट्याक्सी नेपालअन्तर्गत ट्याक्सी सेवा सञ्चालन गरिरहेका ट्याक्सीधनीहरुलाई बीमा सुरक्षाको सम्पूर्ण सेवा उपलब्ध गराउन सहज हुने र दाबी भुक्तानीलाई सरल रुपमा फर्छ्यौट गरिने बताए।
कार्यक्रममा कम्पनीहरुले आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमार्फत सञ्चालन भएका बीमा सेवासुविधाका लागि संयुक्त सचेतना र सुविधाका कार्यक्रमहरु तयार पार्ने सहमतिसमेत गरेका छन्।
कार्यक्रममा पौडेलले एपमा आधारित भएर सेवा दिइरहेका ट्याक्सी व्यवसायीहरुको बीमा सुविधा सुनिश्चित गरिने र त्यसले इजी ट्याक्सी एपको सेवा विस्तार हुने आशा व्यक्त गरे।
इजी ट्याक्सी नेपालले विभिन्न योजनाहरु र अभियानमार्फत ट्याक्सी व्यवसायलाई थप मर्यादित र जिम्मेवार बनाउँदै डिजिटल मैत्री बनाइरहेको छ। जसले डिजिटल नेपालको अभियानलाई थप प्रबद्र्धन र सहयोग पुग्ने विश्वास गरिएको छ।
21 minutes ago
40 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago