काठमाण्डौ । २०८० जेठ २३ गते। गर्मी बढेसँगै एयर कन्डिसनर (एसी) को माग अत्याधिक बढी रहेको अवस्थालाई मध्यनजर गरेर एसी जडान गर्नलाई सहुलियत होस भन्ने उद्देश्यले एलजी, सामसङ, पानासोनिक, टीसीएल, वाल्ट्रा, माइडिया, अक्स, भोल्टाजलगायतका ब्रान्डो एसी जडान गर्नलाई अब मात्र ९९९ रुपैयाँ लाग्ने भएको छ।
यसैगरी कम्पनीले वार्षिक रुपमा एसी मर्मतसम्भार गर्नका लागि एएमसी अर्थात वार्षिक शुल्क ४९९ रुपैयाँमा नै एसीमर्मत गरिदिने सेवाको समेत घोषणा गरेको छ।
हाललाई यो सुविधा काठमाण्डौ उपत्यकाका लागिमात्र रहेको छ भने पछि अन्य सहरमा पनि विस्तार गरिँदै लगिने यस कंपनीका सर्भिस म्यानेजर सुमन सिंहले बताए। ‘कम्पनीसँग यस क्षेत्रमा विगत १० वर्षभन्दा वढी समयको अनुभव भएको र विभिन्न ब्रान्डका लागि काम गरेको अनुभवले नै यो नयाँ सेवा ल्याउन सकिएको हो’, सर्भिस म्यानेजर सुमन सिंहले भने, ‘हाम्रो उद्देश्य भनेको उचित मुल्यमा समयमा नै गुणस्तरीय सेवा प्रदान गर्नु हो।’
इजी सर्भिस नेपाल इलेक्ट्रोनिन्स कन्सर्न एण्ड रिसर्च सेन्टर (ईसीआरसी) द्वारा सञ्चालित र अधिनमा रहेको छ। ईसीआरसीले देशभर पानासोनिक, वाल्ट्रा, वेबर, यासुदा, सानसुईलगायत विभिन्न ब्रान्डको आधिकारीक सर्भिस सेन्टर चलाइरहेको छ।
यसका साथै कम्पनीले हाल टीभी, एसी, वासिङ मेसिन, रेफ्रिजेरेटर, माइक्रो ओभन, कोल्ड रुमलगायतका इलेक्ट्रोनिक्स तथा समानहरुको मर्मत तथा जडान गर्ने कार्य गरिराखेको छ। यसका लागि कम्पनीका देशभरि नै ३५ वटा लोकेसन र १२० जनाभन्दा वढी टेक्निसियन र इन्जिनियरमार्फत सेवा प्रदान गरिराखेको छ।
यो सेवाका लागि मोबाइल एपमार्फत समेत बुकिङ गर्न सकिनेछ।
8 hours ago
19 hours ago
19 hours ago
20 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago