इटहरी । इटहरी उपमहानगरपालिकाको पछिल्लो मत परिणाम प्राप्त भएको छ । 

पछिल्लो परिणामअनुसार सत्ता गठबन्धनको तर्फबाट मेयर पदका उम्मेद्वार कांग्रेसका हेमकर्ण पौडेलले ९८० मतसहित अग्रता लिएका छन् । 

निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाए अनुसार पौडेललाई एमालेका तर्फबाट मेयरका उम्मेद्वार यामकुमार सुब्बाले ६२५ मतले पछ्याइरहेका छन् । 

उपमेयरमा भने एमालेका उम्मेद्वार संगीताकुमारी चौधरी ६७८ मतसहित अगाडि छिन् । उनलाई गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत(समाजवादी)का केबशकुमार विष्टले ६६१ मतसहित पछ्याइरहेका छन् । 

इटहरीमा राप्रपाका तर्फबाट मेयर पदका उम्मेदवार आकाश सुब्बाले १०० मत र उपमेयरले १२६ मत प्राप्त गरेका छन् ।