काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण बढिरहेका बेला एक राहतको खबर आएको छ।

इटालीका टप डाक्टरहरुले कोरोनाभाइरस विस्तारैविस्तारै आफ्नो क्षमता गुुमाइरहेको र अब हराउँदै जाने दाबी गरेका छन्। जेनोआका सैन मार्टिनो अस्पतालमा संक्रामक रोग प्रमुुख डाक्टर म्याट्टेओ बासेट्टी भन्छन्, ‘कोरोनाभाइरस अब कमजोर भइरहेको छ। यस भाइरसमा अब त्यस्तो क्षमता छैन, जुन दुुई महिनापहिले थियो।’

लोम्बार्डीका स्यान राफेल अस्पताल प्रमुुख अल्बर्टो जांग्रिलोले आरएआई टीभीलाई भने, ‘वास्तवमा भाइरस क्लिनिकल्ली रुपमा अब इटालीमा छैन। पछिल्ला १० दिनमा लिइएका स्वाब स्याम्पलबाट पत्ता लागेको छ कि एक वा दुुई महिनापहिलेको तुुलनामा अब यसमा भाइरल लोडको मात्रा धेरै कम छ।’

इटाली कोरोना भाइरसबाट सबैभन्दा प्रभावित देशहरुमध्ये एक हो। कोभिड १९ बाट मृृत्युु हुुनेमा इटाली तेस्रो बरियतामा पर्दछ। यद्यपि मे महिनामा त्यहाँ संक्रमणका नयाँ मामला र मृृत्युुमा भारी गिरावट आएको छ। त्यहाँ कतिपय स्थानहरुमा कडा लकडाउनसमेत खोलिसकिएको छ।

डाक्टर जांग्रिलोले भने, ‘विशेषज्ञ संक्रमणको दोस्रो लहरको सम्भावनालाई लिएर धेरै चिन्तित थिए। तर अवस्था अब सामान्योमुख हुँदैछ।’ 

इटालीको सरकारले नागरिकहरुलाई सावधानी अपनाउने आग्रह गर्दै अहिले नै कोरोनाभाइरसमाथि जीतको दाबी गर्न हतारो हुुने बताएको छ। स्वास्थ्य मन्त्रालयका एक मन्त्री स्यान्डा जम्पाले भनिन्, ‘कोरोनाभाइरस समाप्त हुुने पेन्डिङ वैज्ञानिकहरु प्रमाणहरुको सहारा लिइँदैछ। म उनीहरुलाई भन्छुु इटालीका मानिसहरुलाई भ्रममा नपार।’

स्यान्डा जम्पाले भने, ‘यसका सट्टा हामीले व्यक्तिहरुसँग बढी सतर्क हुुनुुुपर्छ। बारम्बार हात धुुने र मास्क लगाउन आवश्यक छ।’