काठमाण्डौ । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले इनरुवामा पनि सहवितरण शोरुम खोलेको छ।

फागुन १४ गतेदेखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको उक्त शोरुमको सञ्चालन खुस्बु इन्टरप्राइजेजले गर्नेछ। शोरुम उद्घाटन डिशहोमका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्य, क्षेत्रीय बिक्री प्रबन्धक बिपिन्द्र न्यौपाने, सेल्स अफिसर मनोज रिजाल, जीवन बन्जारा असोसिएट ब्रान्ड अफिसर दिनेश रतनको उपस्थितिमा सम्पन्न भएको थियो।

खुस्बु इन्टरप्राइजेजले विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्याउँदै आएकोले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा पनि गर्नेछ। 

एक हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको खुस्बु इन्टरप्राइजेजले अब अझ बढी ग्राहकमाझ पुग्ने लक्ष्यका साथ काम गर्ने खुस्बु इनटरप्राइजेजका सञ्चालक सन्दीप क्षेत्री र जीवन श्रेष्ठले जानकारी दिए।