काठमाण्डौ । अघिल्लो साता मंगलबार १८०८ को विन्दुमा ट्विजर बटम बनाएर माथिको यात्रा तय गरेको सेयर बजारमा आज बुधबार पनि बढोत्तरीले निरन्तरता पाएको छ।
योसँगै दोस्रो बजारमा ७ वटा कारोबारमा १५० अंकले बजारमा सुधार आएको छ। आज पनि दोस्रो आवरमा करेक्सन आएको बजार अन्तिम समयमा करिब १७ अंकले सुधार आएको छ।
प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बुलिस यात्रा नै तय गरेको तर १९६५ मा प्रतिरोध सामना गरेको देखिन्छ।
डेली बेसमा इचिमोकुमार्फत हेर्दा बजार हिजो र आजको दुईवटा कारोबारमा बजार मूल्यरेखा क्लाउड पोजिसनमा पसेको देखिन्छ। तर, क्लाउड पोजिसना रातो नै छ।
इचिमोकुमा नै बेस लाइनलाई कन्भर्जन लाइनले तलबाट काटेको छ (हेर्नुहोस् एरो)। यसले बजार बुलिस बनेको बुझिन्छ। २६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन पनि मूल्यरेखाभन्दा माथि चलेको देखिन्छ। यसले बजार इचिमोकुमा विस्तारै बुलिस बन्दै गरेको देखिन्छ।
बोलिंगर ब्यान्डमार्फत हेर्दा बजार अप्पर ब्यान्डसँगै हिँडेको देखिन्छ। म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ। हिस्टोग्राम सकरात्मक र लामा–लामा हुँदै गरेको दोखिन्छ।
आरएसआई आज ६८ को तहमा पुगेको छ। यस्तो विन्दु अघिल्लोपटक ८५ को तहमा पुगेपछि बजारमा करेक्सन आएको थियो।
समग्रमा सबै इन्डिकेटरमार्फत हेर्दा बजार बुलिस बन्दै गरेको देखिन्छ। सुपर ट्रेन्डले पनि बजार अप ट्रेन्ड नै लिएको देखिन्छ।
आज १९६५ मा सामान्य प्रतिरोध सामना गरेको बजारले अब त्यहाँबाट पनि माथि जान्छ भने १९८० तथा २००० आसपास प्रतिरोध सामना गर्न सक्छ। घटेमा भने बजारले १९३१ र १९०० आसपास सपोर्ट लिन सक्छ।
नोटः दोस्रो बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago