काठमाण्डौ । भारतीय चर्चित तथा युवामाझ रुचाइएका गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन काठमाण्डौ आउने भएका छन्। 

काठमाण्डौमा प्रस्तुति दिनका लागि चर्चित गायक पवनदीप नेपाल आउने भएका हुन्। ३६५ इभेन्ट्स एन्ड मिडियाले म्यानेज गर्ने कार्यक्रममा पवनदीपले दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछन्। 

डिस्ट्रिक्ट अवार्ड एन्ड रिकग्निसन कमिटी २०–२१ रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले आयोजना गरेको अर्वाड तथा फन्ड रेजिङ कार्यक्रममा पवनदीपले काठमाण्डौको पाँचतारे होटल हायात रेजेन्सीमा प्रस्तुति दिनेछन्।

यसका साथै यही माघ १ गते रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा चर्चित गायक पवनदीपलाई ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) मा सुन्न सकिनेछ। 

पवनदीप राजन इन्डियन आइडल सन् २०२१ सिजन १२ का विजेता हुन्। उक्त कार्यक्रमलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड र कम्पनीले प्रायोजन गरेका छन्।