काठमाण्डौ ।  इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन यही वैशाख ११ गते लर्ड अफ ड्रिंक्स (एलओडी) मा आफ्नो विशेष सांगीतिक प्रस्तुति दिँदैछन्। 

यही क्रममा इन्डियन आइडल विजेता पवनदीप राजनको सांगीतिक प्रस्तुति हेर्न युवादेखि वृद्धसम्म आकर्षित छन्। पवनदीपको सांगीतिक प्रस्तुति हेर्न ९३ वर्षीय वृद्धले समेत टिकट खरिद गरेका छन्। ३६५ इभेन्टस् एन्ड मिडियाका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्य (ह्यापी) का अनुसार पवनदीपको सांगीतिक प्रस्तुति हेर्न ९३ वर्षीय वृद्ध बाले घरमै बोलाई टिकट खरिद गरेको जनाएका छन्। 

रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गरेको र ३६५ इभेन्टस् एण्ड मिडियाले व्यवस्थापन गरेको पवनदीप राजनको सांस्कृतिक कार्यक्रममा दुई थरीका टिकट राखिएका छन्। आयोजकका अनुसार २ हजार ५०० रुपैयाँ र ३ हजार रुपैयाँ दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्नेछ।

टिकट विभिन्न माध्यमबाट उपलब्ध हुने समेत जानकारी आयोजकले दिएका छन्। अनलाईन टिकटका लागि भुक्तानी प्रदायक आइएमईपे वालेटमार्फत अग्रिम टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ। 

उक्त सांगीतिक कार्यक्रमलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड र कम्पनीले प्रायोजन गरेका छन्। 

कोरोनाका कारणले स्थगित पवनदीपको सांगीतिक कार्यक्रम यसपटक भने भव्य रुपमा सफल हुने विश्वास आयोजकको छ। चर्चित गायक पवनदीपले विभिन्न धार्मिकस्थलहरुको समेत अवलोकन गर्ने आयोजकले जानकारी दिए।