काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्यमा अचाक्ली वृद्धि गरेको छ। 

निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो। योसँगै अब प्रतिलिटर पेट्रोलको भाउ १८० रुपैयाँ पुगेको छ। मट्टीतेल र डिजेलको भाउ प्रतिलिटर १६३ रुपैयाँ कायम गरिएको छ। 

खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढेको छ। अब प्रतिसिलिन्डर ग्यासको भाउ १ हजार ८०० रुपैयाँ पुगेको छ। 

निगमनका अनुसार हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य पनि बढेको छ । प्रतिलिटर १० रुपैयाँ वृद्धिसहित १६६ रुपैयाँ तोकिएको छ। 

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ। यो समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब रुपैयाँ, डिजेलमा ३ अर्ब ४० करोड रुपैयाँ र एलपी ग्यासमा ३ अर्ब घाटा हुने निगमले जनाएको छ।