काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य शुक्रबार समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले इन्फिनिटी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १४.५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार यो लघुवित्तको प्रतिकित्ता १ हजार ३४० रुपैयाँ कायम भएको छ। यसअघि यो लघुवित्तको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १ हजार ५३८ रुपयाँ कायय भएको थियो। अब समायोजित मूल्यअनुसार नै यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।

इन्फिनिटीले गत आर्थिक वर्षका लागि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १४.५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.५ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनका लागि) रहेका छन्।

प्रस्तावित लाभांश यो लघुवित्तको यही माघ २४ गते हुने चौथो वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ। 

लाभांश र सभा प्रयोजनका लागि इन्फिनिटीले आज माघ ९ गतेबाट माघ २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ ८ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।