काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले इन्साइडर ट्रेडिङ गरेको भन्दै ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गरेको छ।
सेबोनले सकारी वकिलको कार्यलयमार्फत बुधबार काठमाण्डौ जिल्ला अदालतमा न्यौपानेविरुद्ध मुद्दा दायर गरेको हो। न्यौपानेविरुद्ध ३ करोड २३ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको छ।
दायर गरिएको मुद्दामा आफू अध्यक्ष रहँदा न्यौपानेले रिडी पावर कम्पनी लिमिटेडको सेयर कारोबार गरेको र त्यसबाट ३ करोड २३ लाख रुपैयाँ अनाधिकृत लाभ आर्जन गरेको देखिएको दाबी गरिएको छ।
गत मंसिर २४ मा सेबोन सञ्चालक समितिले न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैध रुपमा सेयर कारोबार गरेको ठहर गर्दै कारबाही गर्ने निर्णय गरेको थियो।
त्यसअघि भित्री कारोबार गरेको आशंकामा सेबोनले छानबिन समिति गठन गरी दुवैजनाविरुद्ध अनुसन्धान गरेको थियो। सोही छानबिन समितिको प्रतिवेदनका आधारमा न्यौपानेविरुद्ध मुद्दा दायर गरिएको सेबोनका एक उच्च अधिकारीले जानकारी दिए। ‘प्रधानमाथि छानबिन पनि प्रक्रिया पूरा गरी मुद्दा दर्ता गर्न सकारी वकिलको कार्यलयमा फाइल पठाइएको छ’, ती अधिकारीले भने।
भित्री कारोबार गरेको ठहर भएमा त्यस्ता व्यक्तिलाई बिगोबमोजिम जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
9 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago