काठमाण्डौ । हालै आईपीओ बिक्री गरी धितोपत्र दोस्रो बजारमा कारोबार सुरु गरेको इमर्जिङ नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा घटेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ७८ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ७.७९ प्रतिशत कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ८५ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६६.५० प्रतिशत घटेर १० लाख ३ हजार रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी २९ लाख ९४ हजार रुपैयाँ रहेको थियो।
कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी भने ११९.६३ प्रतिशतले बढेर २ करोड ९ लाख रुपैयाँ भएको छ। यस्तो आम्दानी गत वर्ष यही अवधिमा ९५ लाख ५३ हजार रुपैयाँ रहेको थियो।
कम्पनीको अन्य प्रशासनिक खर्च ७ लाख १० हजार रुपैयाँबाट बढेर ८७ लाख ८७ हजार रुपैयाँ पुगेको छ।
चुक्तापुँजी ५५ करोड ५६ लाख रुपैयाँ कम्पनीको रिजर्भको आकार ४८.६३ प्रतिशतले बढेर ३ करोड ३४ लाख रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा रिजर्भमा २ करोड २५ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ६.१५ रुपैयाँ, पीई रेसियो १६२.०६ गुणा र प्रतिसेयर नेटवर्थ १०६.०२ रुपैयाँ रहेको छ।
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago