काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले ‘इमर्जिङ भेन्चर लिमिटेड’ मा लगानी गर्ने भएको छ।

कम्पनीले इमर्जिङ भेन्चरमा ६ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको हो। कम्पनीले इमर्जिङ भेन्चरमा संस्थापक सेयरधनीका रुपमा प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख ५० हजार कित्ता सेयर किन्नेछ। 

कम्पनीका अनुसार उक्त रकम इमर्जिङ भेन्चरले माग गरेको समयमा भुक्तानी गरिनेछ।