काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको कम्पनी सचिवमा रमेश बेल्बासे नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेल्बासेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो।

बैठकले कम्पनीको सहायक कम्पनी होटेल एलिस द वन्डर इन लिमिटेडको सञ्चालकमा समेत बेल्बासेलाई सिफारिस गरेको छ।