काठमाण्डौ । अमेरिकी डलरको तुलनामा इरानी मुद्रामा रेडर्कतोड गिरावट आएको छ।
इरानको केन्द्रीय बैंकका गभर्नर अली सालेहाबादीले इरानी मुद्रा रियालको मूल्यमा आएको गिरावटका लागि केही हदसम्म सरकारविरोधी प्रदर्शनहरु जिम्मेवार रहेको बताएका छन्।
विदेशी विनिमय साइट बोनबास्टका अनुसार बजारमा १ डलर ३ लाख ९५ हजार रियालसम्म बिक्री भएको छ। यसअघि गत शुक्रबार १ डलर ३ लाख ८६ हजारमा चलिरहेको थियो।
इरानी जनताहरु आफ्नो बचत सुरक्षित राख्न डलर र सुन किन्न खोजिरहेका छन्। गभर्नर सालेहाबादीले भने, ‘विगत २ महिनाका घटना र अमेरिकी प्रतिबन्धले इरानी मुद्रालाई कमजोर बनाएको छ। कमजोर रियाललाई टेवा दिन डलर बजारमा ल्याइएको हो।’
महसा अमिनीको मृत्युपछि सुरु भएको विरोध प्रदर्शनपछि रियाल करिब २० प्रतिशतले घटेको छ।
अमेरिकाले आणविक सम्झौताबाट बाहिरिनु र इरानमाथि पुनः प्रतिबन्ध लगाउनुअघि इरानी मुद्रा मे २०१८ मा प्रतिडलर ६५ हजारमा कारोबार गरिरहेको थियो।
समाचार एजेन्सी रोयटर्सका अनुसार सरकारविरोधी प्रदर्शनमा ६८ नाबालिगसहित ४९५ प्रदर्शनकारीको मृत्यु भएको छ। यसबाहेक ६२ सुरक्षाकर्मीको पनि ज्यान गएको थियो भने १८ हजार ४५० जना पक्राउ परेका थिए। –एजेन्सी
20 minutes ago
34 minutes ago
40 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago