इलाम । इलामको माङसेबुङ गाउँपालिका ४ मा नेकपा एमाले प्यानलै विजयी भएको छ । गठबन्धनका उम्मेद्वार दिलकुमार लिम्बुलाई ५४ मतान्तरले पराजित गर्दै एमालेका उम्मेद्वार नविन लिम्बु बिजयी भभएका हुन् । दिलकुमार लिम्बूले ३ सय २५ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिलकुमार लिम्बूले २ सय ७१ मत पाएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेद्वार आषिश जवेगूले २ सय ६८ मत पाएका थिए । महिला सदस्यमा एमालेकै कल्पना राई ९३४४ मत०, दलित महिला सदस्यमा गोमादेवी विश्वकर्मा ९३३८ मत० र खुल्ला सदस्यहरुमा टेकमान लिम्बू ९३४५ मत० र धनबहादुर राई ९३१० मत० विजयी भएका छन् ।

सो वडाबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा भने गठनबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । सो वडाबाट अध्यक्षमा कांग्रेसका डिकेन्द्र इदिङ्गोले ४ सय ८७ मत पाएका छन् । एमालेका हेमन्त राईले ३ सय ४६ मत पाएका छन् ।

उपाध्यक्षमा गठबन्धनकै जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङले ४ सय २१ मत पाएका छन् । एमालेकी सुनिता सुब्बाले ३ सय ४७ मत पाएकी छिन् । अहिले वडा नम्बर ५ र १ को मतगणना भइरहेको छ ।