काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले इलाम जिल्लाको सूर्याेदय नगरपालिका–१० फिक्कलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। 

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन जिल्ला समन्वय समिति इलामका उपप्रमुख चित्रकला बराइलीले गरेकी छन्। उद्घाटन समारोहमा प्रमुख अतिथि चित्रकला बराइली, सिभिल बैंकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्व, उद्योगी, व्यवसायीलगायत सर्वसाधरणको उपस्थिति थियो।  

अब त्यस क्षेत्रका सेवाग्राहीले बैंकको एक्सटेन्सन काउन्टरमार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबार सजिलैसँग गर्न सक्नेछन्। 

सात लाखभन्दा बढी ग्राहकलाई ११५ शाखामार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यो एक्सटेन्सन काउन्टरसहित १३ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको छ। यसका साथै बैंकको हालसम्म देशभर ९९ एटीएम सञ्चालनमा छन्। 

बैंकले गत असार मसान्तसम्म रु. ९६ अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ।