काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो कार निर्माता कम्पनीहरु भोल्सवागेनले इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लालाई चुनौती दिन थालेका छन्। 

भोल्सवोगनले गत बुधबार प्रकाशित गरेको आँकडाअनुसार सन् २०२० मा भोल्सवागेनले २ लाख ३१ हजार ६ सय युनिट ब्याट्रीयुक्त इलेक्ट्रिक कार बिक्री गरेको छ। यो संख्या टेस्लाले सन् २०२० मा बिक्री गरेकोभन्दा कम भए पनि गत वर्षको तुलनामा भने २१४ प्रतिशत धेरै हो र यसले जर्मनीको ठूलो अटो उद्योगले विश्वको अग्रेणी कार इलेक्ट्रिक कार निर्माता टेस्लालाई चुनौति बढाइएदिएको छ। ‘हामी इलेक्ट्रिक सवारीसाधनका लागि विश्वको मार्केट लिडर बन्ने लक्ष्यको बाटोतर्फ अग्रसर भइरहेका छौँ’, भोल्सवागेन प्यासेन्जर कारका सीईओ राल्फ ब्रान्डस्टरले विज्ञप्तिमा भनेका छन्। 

भोल्सवागेनको सबैभन्दा लोकप्रिय ब्याट्रीयुक्त इलेक्ट्रिक कार न्यु आइडी–३ हो। जुन ५६ हजार ५ सय युनिट बिक्री गरिएको थियो। 

त्यस्तै कमप्याक्ट ई–गल्फ र योभन्दा पनि सानो ई–अप क्रमशः ४१ हजार ३०० र २२ हजार २०० युनिट बिक्री भएका छन्। भोल्सवोगेन गुप्रको पूर्ण स्वामित्व भएको लक्जरी कार निर्माता कम्पनी अडिले ४७ हजार ३ सय ई–ट्रोन एसयुभि र स्पोर्टब्याक मोडलहरु बिक्री गरेको छ। 

यस्तै कम्पनीले २० हजार इलेक्ट्रिक पोच्रे टाइक्यान्स बिक्री गरेको छ। 

यसैगरी विद्युत् र इन्धनबाट चल्ने कम्पनीको हाइब्रिड सवारीसाधनको बिक्री पनि बढेको छ। गत वर्ष भोल्सवागेनले १ लाख ९० हजार ५ सय प्ल्ग इन हाईब्रिड कार बिक्री गरेको छ। जुन सन् २०१९ को तुलनामा १७५ प्रतिशतले धेरै हो। ‘भोल्सवागेनका लागि सन् २०२० टर्निङ प्वाइन्टका रुपमा रह्यो र यसले इलेक्ट्रिक मोबीलीटीमा छाप छोडेको छ’, ब्रान्डस्टरल भने। 

टेस्ला अहिले पनि विश्वका अन्य कार निर्माताका लागि चुनौतीका रुपमा रहेको छ। एलन मस्कले नेतृत्व गरेको कम्पनीले सन् २०२० मा ५ लाख कार उत्पादनको लक्ष्य भेट्टाएको थियो। 

सन् २०१९ को तुलनामा सन् २०२० मा कम्पनीको उतपादन र डेलीभरी एक तिहाइले वृद्धि भएको छ। सन् २०१९ मा चीनमा काराखाना खोलेको कम्पनीले जर्मनीमा पनि कारखाना खोल्न गइरहेको छ। 

लगानीकर्ताले टेस्लालाई विश्वको सबैभन्दा धेरै मूल्य भएको कम्पनी बनाएर सम्मानित गरेका छन्। ८०५ बिलियन बजार मूल्य भएको टेस्लाको बजार मूल्य भोल्सवागेनको भन्दा ८ गुणा बढी छ। भोल्सवागेनले सन् २०२५ भित्र इलेक्ट्रिक कारमा लगानी गर्ने आफ्नो योजना र सन् २०२० को बिक्री आँकडाले कम्पनीको लक्ष्यलाई ग्राहकहरुले राम्रो प्रतिक्रिया जनाएको संकेत गरेको जनाएको छ। 

कम्पनीले टेस्लालाई टक्कर दिन सन् २०३० सम्म ७० वटा शुद्ध इलेक्ट्रिक मोडलहरु लन्च गर्ने योजना बनाएको छ। – एजेन्सी