काठमाण्डौ । स्मार्टफोन र उपभोक्ता बजारमा सक्रिय शाओमी अब नयाँ बजारमा प्रवेश गर्ने तयारीमा छ।
ब्लुमबर्गको रिपोर्ट अनुसार शाओमी कर्पले इलेक्ट्रिक कार ल्याउने तयारी गरिरहेको छ। यसका लागि शाओमीले बेइजिङ अटोमोटिभ समूहसँग कुराकानी गरिरहेको छ।
कम्पनीले सन् २०२४ सम्ममा आफ्नो कार ल्याउने तयारी गरेको छ। दुवै ठूला कम्पनीले एक–अर्कालाई समर्थन गर्न विभिन्न विकल्प खोजिरहेका छन्। यदि रिपोर्टहरु विश्वास गर्ने हो भने शाओमीले बेइजिङ हुन्डाई नम्बर २ योजनाहरुमा केही हिस्सेदारी किन्न पनि योजना गरिरहेको छ। यो कम्पनीसँग चीनमा कार निर्माणको पूर्ण इजाजतपत्र छ। शाओमी र बेइजिङ अटोमोटिभले सहकार्यमा कार निर्माण गर्न सक्छन्।
शाओमी किन टाई–अप गर्न चाहन्छ?
यदि रिपोर्टहरु विश्वास गर्ने हो भने कम्पनीले कार निर्माणका लागि इजाजतपत्र प्राप्त गर्न ढिलाइ भइरहेका कारण शाओमी उत्पादनलाई जोड्न चाहन्छ। यस सहकार्यअन्तर्गत बेइजिङ अटोमोटिभको ईभी ब्रान्ड बीएआईसी ब्लुपार्क न्यु इनर्जी टेक्नोलोजी कम्पनी र शाओमीले मिलेर कार उत्पादन गर्नेछन्।
शाओमीेको कार कहिले आइपुग्छ ?
यदि यी दुई कम्पनीले सहकार्य गरे भने शाओमीले सन् २०२४ सम्ममा आफ्नो विद्युतीय सवारीसाधन ल्याउन सक्छ। चीनले विद्युतीय सवारीसाधनको क्षेत्रमा नियम कडा बनाएको छ। धेरै कम्पनीहरु यस बजारमा प्रवेश गरेकाले चिनियाँ सरकारले छानबिन गरिरहेको छ।
शाओमीमात्र होइन अन्य धेरै प्राविधिक कम्पनीले पनि आफ्नो इलेक्ट्रिक कारमा काम गरिरहेका छन्। यसमा एप्पलको नाम पनि समावेश छ। योसँगै ओप्पो र केही अन्य ब्रान्डका विद्युतीय सवारीसाधनको ट्रेड मार्क पनि देखिएका छन्। तर, एप्पल र शाओमीको इलेक्ट्रिक कार सबैभन्दा बढी चर्चामा छ। –एजेन्सी
21 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
23 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago