काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवादेखि भोले गणेश सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ६१)मार्फत हुने सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ।
यसका साथै भोले गणेश सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नवीकरण शुल्क भुक्तानी पनि इसेवामार्फत गर्न सकिन्छ। यस सम्झौताले लगानीकर्तालाई भोले गणेश सेक्युरिटिजबाट गरेको सेयर खरिद–बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ।
अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख प्रबन्धक (चिफ मेनेजर) आशीष गौतम र भोले गणेश सेक्युरिटिजका डेपुटी सीईओ हरि भण्डारी तथा महाप्रबन्धक (जेनेरल मेनेजर) अन्जिब तुलाधरले हस्ताक्षर गरेका छन्।
हाल इसेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन्। यसैगरी देशभर रहेका २ लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन्।
इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयको शुल्क भुक्तानी, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानीलगायतका करिब २ हजार ५०० वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।
25 minutes ago
31 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago