काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत हवाईजहाज टिकट काट्दा सतप्रतिशत क्यासब्याक पाइने भएको छ। 

इसेवामार्फत आन्तरिकतर्फको एयरलाइन्सका कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रु यस योजनामा सहभागी हुनेछन्। हरेक दिन ३ जनाले ३ ०० रुपैयाँसम्मको टिकटमा सतप्रतिशत क्यासब्याक पाउनेछन् भने त्यसभन्दा माथिको टिकटमा तीन हजार रुपैयाँ छुट पाउनेछन्। यो योजना ३१ चैतसम्म सञ्चालन हुनेछ। 

यस्तै जाउँ है पोखरा अभियानअन्तर्गत पोखरा जाने यात्रुहरुले एयरलाइन्स टिकट काट्दा टिकट बुकिङ, होटल तथा रेस्टुरेन्ट तथा साहसिक खेलहरूमा आकर्षक छुट प्राप्त गर्नेछन्। यात्रुहरुले इसेवामार्फत टिकट काटिसकेपछि ‘जाउँ है पोखरा’ भन्ने विवरणमा क्लिक गरी यस्तो छुट पाइनेछ। होटेल तथा साहसिक खेलमा छुट प्राप्त गर्नका लागि इसेवाबाट प्रिबुकिङ गर्नुपर्नेछ अथवा हवाई टिकट देखाउनुपर्नेछ। 

अहिले पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवाको सहकार्यमा जाउँ है पोखरा अभियानअन्तर्गत पोखरा घुम्न जानका लागि विभिन्न प्रवर्द्धनात्मक कार्यहरु भइरहेका छन्। 

मोबाइल तथा इन्टरनेटका माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ।

यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब १ लाख १० हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको संख्या ३ लाख २ लाख नाघिसकेका छन्।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल–कलेजलगायतका शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।