काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मनकामना केबलकारको टिकट काट्दा हीराको हारलगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ। 

यस योजनाअन्तर्गत मनकामना केबलकारको टिकट काट्दा एकजनाले हीराको हार, एकजनाले आइफोन १३, एकजनाले स्मार्ट टीभी र एकजनाले वासिङ मेसिन जित्न सकिनेछ। साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफूले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन्। 

विजेताहरु गोलाप्रथामार्फत चयन गरिनेछ। यस योजनामा इसेवामार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन्। यस योजनामा सहभागी हुन इसेवामा भेरिफाई (प्रमाणित) भएको हुनुपर्नेछ। अनलाइनमार्फत कारोबारमा प्रोत्साहन गर्नका लागि इसेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्बजनिक गर्दै आएको छ। 

इसेवाले हाल एन्ड्रोइड मोबाइलमा ५२ लाख र आइओस मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एपमार्फत सेवा प्रदान गरिरहेको छ। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ। 

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। 

इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।