काठमाण्डौ । इसेवा मनी ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजेस कोइरालालाई अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा रहेको ‘वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस’ले प्रतिष्ठित ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’बाट सम्मान गरेको छ।
रेमिट्यान्स उद्योगमा २० वर्षभन्दा बढी समर्पित सेवाका साथ कोइराला असल नेतृत्वको उत्कृष्ट नमुना पनि बनेका छन्। उनी म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (एमएएन) अवार्ड २०२२ मा ‘म्यानेजर अफ द इयर’ बाट पनि सम्मानित भएका थिए।
‘वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस’ ले विश्वभरका विभिन्न संस्थाको व्यावसायिक उत्कृष्टतालाई द बिज अवार्ड, सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय व्यापार पुरस्कार प्रदान गरेको थियो।
वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसको मिसन विश्वव्यापी रुपमा व्यापार विकासलाई प्रवर्द्धन, वृद्धिलाई सहजीकरण र अग्रणी कम्पनी तथा उद्यमीको सफलतालाई मान्यता दिई उनीहरुले प्रदान गर्ने सेवालाई विश्वभर चिनाउने एक मध्यम हो।
48 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago