काठमाण्डौ । संसारका २०० बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याएर नेपालभर सेवा प्रदान गरिरहेको इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको यूएईस्थित लुलु इन्टरनेस्नल एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। 

यस सम्झौतासँगै यूएईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाहलगायत यूएईका सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीले लुलु इन्टरनेस्नल एक्सचेन्जकामार्फत नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन्। उनीहरुले यूएईभरि रहेका लुलुका ८४ वटा शाखामध्ये कुनै पनि शाखामा गई इसेवा मनी ट्रान्सफरका माध्यमबाट नेपाल पैसा पठाउन सक्नेछन्। 

यसका साथै लुलु इन्टरनेसनल एक्सचेन्जको मोबाइल एप  (लुलु मनी)मार्फत पनि छिट्टै नेपालमा पैसा पठाउन सक्नेछन्।

लुलु इन्टरनेशनल एक्सचेन्जका शाखाबाट नेपालमा पैसा पठाउँदा पठाउने व्यक्तिले ६० भन्दा धेरै बैंकका खातामा सीधै रकम पैसा पठाउन सक्नेछन् भने  ६० लाखभन्दा बढी प्रयोगकर्ता रहेकोे इसेवा वालेटमा पनि सोझै रकम पठाउन सकिनेछ। यसका साथै लुलु इन्टरनेसनल एक्सचेन्जहुँदै यूएईबाट पठाएको रेमिट्यान्स नेपालका अधिकांश ठाउँमा रहेका इसेवा मनी ट्रान्सफरका १२ हजारभन्दा बढी रकम भुक्तानी केन्द्र तथा १ लाखभन्दा बढी इसेवाका क्यास प्वइन्टमार्फत पनि रकम झिक्न सकिनेछ। 

यसका साथै पठाएको नगद रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरी अतिरिक्त रु. ७७ बोनस रकमसमेत प्राप्त गर्न सकिनेछ। 

यसैगरी हाल इसेवा मनी ट्रान्सफरको ‘रेमिटोत्सव’ योजना चलिरहेको हुनाले यूएईस्थित नेपालीले लुलु इन्टरनेसनल एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल रकम पठाई दैनिक रु. ५ हजार तथा बम्परमा रु. ५० हजारसमेत जित्न सकिनेछ। 

रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजेस कोइराला र लुलु इन्टरनेस्नल एक्सचेन्जका तर्फबाट सहायक प्रमुख थम्पी सुदर्शननले हस्ताक्षर गरेका छन्। 

सम्झौतापछि सीईओ कोइरालाले भने, ‘इसेवा मनी ट्रान्सफर र लुलु इन्टरनेसनल एक्सचेञ्जबीचको यस सम्झौताले यूएईबाट नेपाल रेमिट्यान्स भुक्तानी सेवालाई थप सहजता प्रदान गर्ने सुनिश्चित छ। डिजिटल माध्यमबाट बैंक तथा इसेवा वालेटमा पनि पैसा पठाउन मिल्ने भएकाले धेरैजसो नेपालीले लुलु एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पैसा पठाउने कुरामा हामी विश्वस्त छौँ।’

लुलु इन्टरनेस्नल एक्सचेन्ज विदेशी मुद्रा एक्सचेन्ज र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको यूएईस्थित गैरबैंकिङमूलक वित्तीय संस्था हो। यसका यूएईभर ८४ शाखा छन् भने प्रधान कार्यालय अबुधाबीमा छ। हाल यसले संसारका अधिकांश मुलुकमा विदेशी मुद्रा एक्सचेन्ज र मनी ट्रान्सफरको सेवा प्रदान गरिरहेको छ।

इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ता र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनी ट्रान्सफरले आफ्ना सेवाग्राहीलाई १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वइन्टमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर, देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थालाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।