काठमाण्डौ । युरोपले तेलमा प्रतिबन्ध लगाएपछि रुसले यो महिना ठूलो छुटमा कच्चा तेल बिक्री गरेको छ।

पश्चिमी देशहरुले रुसी तेलमा ६० डलरको प्राइस क्याप तोकेपछि युराल क्रुड तेल भारतलाई निकै सस्तो मूल्यमा बेच्न थालेको छ।

युरोपेली संघले डिसेम्बर ५ मा रुसी कच्चा तेलको आयातमा प्रतिबन्ध लगाएपछि जी–७ देश क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाले रुसी तेलमा प्रतिब्यारेल ६० डलरको मूल्य निर्धारण गरेको थियो। रुसी तेलमा यो मूल्य क्याप लगाउनुको उद्देश्य रुसी अर्थतन्त्रमा ठूलो असर पार्ने थियो। तर, यसलाई तोड्दै रुसले वैकल्पिक बजार विशेषगरी एसियातिर आफ्नो प्रवृत्ति बढाएको छ। 

रुसले एसियालाई वैकल्पिक बजारको रुपमा नगद गर्न र प्रतिदिन करिब १० लाख ब्यारेल तेल बेच्ने लक्ष्य राखेको छ। यद्यपि, रुसले यो मूल्य क्यापलाई स्वीकार नगरेको जनाएएको छ। 

रुसले यो मूल्य क्यापअनुसार आफ्नो तेल बेच्ने छैन भने पक्कै पनि आफ्नो तेल उत्पादन घटाउनुपर्ने बताएको छ। पश्चिमी देशहरुको यो निर्णयका कारण रुसले आफ्नो तेल निकै कम मूल्यमा बिक्री गरिरहेको छ।

यस वर्षको फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि भारत रुसी कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ताको रुपमा उभिएको छ।

हालको अवस्थाले रुसको पश्चिमी बन्दरगाहहरुमा दबाब दिएको छ किनकि जहाजहरुको अभावले माल ढुवानी लागत बढेको छ।ढुवानी लागत प्रतिब्यारेल ११ डलरबाट बढेर १९ डलर प्रतिब्यारेल पुगेको छ भने फेब्रुअरीमा प्रतिब्यारेल ३ डलरभन्दा कम थियो।

भारत एसियामा रुसी तेलको दोस्रो ठूलो खरिदकर्ता हो र युद्ध सुरु भएदेखि नै रुसबाट ठूलो छुटमा तेल खरिद गर्दै आएको छ। –एजेन्सी