काठमाण्डौ। रुसले युक्रेनमा आक्रमण गरेको दुई महिनाको अवधिमा युरोपेली युनियन (ईयू) ले रुसबाट ४४ बिलियन युरो (४६.३ बिलियन डलर)बराबरको इन्धन आयात गरेको छ।
सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एअरले एक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो। केही आपूर्तिकर्ताले रुसी इन्धनमा प्रतिबन्ध लगाएर अन्य विकल्प खोजे पनि युरोपेली युनियनले फेब्रुअरी २४ देखि अप्रिल २४ सम्मको अवधिमा रुसबाट ठूलो परिणामा इन्धन आयात गरेको छ।
रिपार्टका अनुसार युरोपेली युनियनले दुई महिनाको अवधिमा आयात गरेको इन्धनको मूल्य गत वर्षको सोही अवधिको तुलनामा दोब्बरले बढी हो। यो अवधिमा गत वर्षका तुलनामा युरोपेली युनियनले रुसबाट १० प्रतिशत बढी ग्यास र २० प्रतिशत बढी प्राकृतिक तरल ग्यास आयात गरेको छ। तर, यो अवधिमा रुसी तेल र कोइलाको आयात भने क्रमशः २० र ४० प्रतिशतले घटेको छ।
रुसले विश्वभरको इन्धन निर्यातबाट गरेको आर्जनमा युरोपेली युनियनको हिस्सा ७० प्रतिशत रहेको छ।
कोरोना महामारी नियन्त्रणका लागि लगाइएका लकडाउनका कारण गत वर्ष इन्धनको मूल्य र मागमा वृद्धि भएको थियो। यसबीच रुसले युक्रेनमा आक्रमण गरेपछि तेलको मूल्यको वृद्धि अझै उकालो लागेको छ। ओपेक सदस्य राष्ट्रहरु पनि प्रतिबद्धताअनुरुप आपूर्ति बढाउन सकिरहेका छैनन्। –एजेन्सी
6 minutes ago
19 minutes ago
47 minutes ago
55 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
3 hours ago
3 hours ago
4 hours ago