-धनकुमार राई
बजारमा पछिल्लो साता नै डबल बटम विकसित भएको र डबल प्याटर्नले म्याण्डेट प्राप्त गर्नैपर्ने हाम्रो जिकिर अझै प्रभावी नै रहेकोले आउने साता बजार १२१० भन्दा तल नघट्ने हेक्का राखेर लगानीकर्ताले उतारचढावको स्वभाविक प्रक्रियामा भाग लिन सकिने देखिन्छ । 

यहाँ बजार स्वभाविक गणितीय नेक लाइन १२१० लाई उछिन्दै अगाडि बढ्दै १२४६ नजिक पुगेर साताभरिको १२०७ सम्मको उल्टो यात्रा सकेको देखिएको हो र तुरुन्तै माथितिरै फर्किर्दै फेरी १२४६ सम्म पुगेर १२४४ मै बन्द हुँदा बजारको साप्ताहिक कारोबार रकममा पनि स्वभाविक औसतलाई निरन्तरता दिएको नै देखियो भने साताभरिको उतारचढावयुक्त सक्रियतालाई हतोत्साहित लगानीकर्ता तथा ‘पर्ख र हेर’को बीचमा रहेका लगानीकर्ताहरुको सक्रियताको निरन्तरताको रुपमा अंकित गर्न सकिन्छ । 

फेरि पनि बजारले बुल प्रमाणित गर्न १२५० लाई उछिन्नैपर्ने भएकोले पनि रिट्रेसमेन्ट गणना र बजारको एक्सटेन्सन विधिअनुसार चित्रमा देखाएअनुसार धेरै रिट्रेसमेन्ट लिए १२१० भन्दा माथि नै रहँदै १२२३ सम्म र धेरै कम बढ्न पुगेमा पनि १२६५ देखि १३०० सम्म पुग्नसक्ने देखिन्छ ।

प्राविधिक Pivot र De-Marks को गणित अनुसार आउने साता बजारले धेरै तल आएमा १२२३ देखि कम्तीमा पनि १२६५ बिन्दुभित्र सक्रिय कारोबार रहने अनुमान गर्न सकिन्छ ।

यहाँ गणितीय सूचकांक बिन्दु १२०४ भन्दा माथि १२०७ बिन्दुसम्मको उल्टो यात्रा टुङ्याएर साताको अन्तिम दिन बढेर १२५० बिन्दु नजिकसम्म उक्लिँदै बन्द भएकोले मनोवैज्ञानिक अवरोध १२५० बिन्दुको दवाबलाई छिचोल्न भने नसकेको भए पनि साताभरिको लगानीकर्ताहरुको मनोबलले खरिदकर्ताहरु हाबी भई कतै बुल ट्रयापको शिकार भइने पो हो कि भन्ने अन्यौललाई चिर्दै खरिदकर्ताहरुको बर्चस्व हाबी राख्ने प्रयास निरन्तर नै रहेको देखियो । 

यसरी बजार दुरगामी लक्ष्य उन्मुख नै रहेको पाइयो भने हामीले सम्झाइरहेको प्राविधिक Volome/Price Action को विश्वव्यापी अभ्यासको म्यान्डेट अनुसार पनि बजार नघट्ने नै निश्कर्ष निकाल्न गलत नहुने भएकोले यो साता सक्रिय कारोबार रकमसहित बजारमा खरिददारी निरन्तर हुने देखिन्छ । 

2.Technical Indicators Update:

Technical सारलाई हेरौं (Nepse Index – 1244.84 (+13.06)

 

3. Nepse Candlestick Chart(s) & Study:

Technical Indicator हरुलाई चार्टमा हेरौ

i)साप्ताहिक Pivot Range र अनुमानित कारोबार रेञ्जः

प्राविधिक Pivot र De-Marks को गणितअनुसार आउने साता बजारले धेरै तल आएमा १२२३ देखि कम्तीमा पनि १२७२ बिन्दुभित्र सक्रिय कारोबार रहने अनुमान गर्न सकिन्छ ।

 साताको पहिलो दिन आइतबारको दैनिक Pivot Range र अनुमानित कारोबार रेञ्जः

ii.Stochastic & RSI :

Chart मा दैनिक Oscilators %K हरियो लाईनले %D  रातो लाईनलाई क्रस गर्दै अगाडि बढ्न प्रयत्नशील रहेकोले दैनिक ट्रेन्डिङ बुलिस दवाबमुक्त बनेको देख्न सकिन्छ ।

साप्ताहिक संकेत अझै पनि माथितिर नै हाबी रहने संकेत यथावत रहेको हुनाले साप्ताहिक Stochastic Oscilators ले पनि बजारको उकालो यात्रालाई %K हरियो लाईनले %D  रातो लाईनलाई Oversold सिमानाबाट पोजिटिभ क्षेत्रभित्र नै क्रस गर्दै अगाडि बढोत्तरी निरन्तर नै गरिरहेकोले ट्रेन्डिङ बुलिस नै रहेको र यो अनिवार्य खरिददारी निरन्तर नै रहने संकेत हो । 

साप्ताहिकले दैनिकको उतारचढावलाई स्वीकार गर्दै यो साताभर आफ्नो यात्रालाई निरन्तर नै राख्ने बुझ्न सकिन्छ ।  RSI को कुरा गर्दा  RSI ले पनि लगानीकर्ताहरुको आवश्यक सक्रिय भूमिकाको अभावमा अधिक बिक्री भइसकेको संकेत रेखा ठण् लाइनको सीमानजिक केही दवाब देख्नसक्ने संकेत बोके पनि साप्ताहिक संकेतको प्रभावमा उकालो यात्रा निरन्तर हुनेमा ढुक्क भए हुने बुझिन्छ । 

iii)Moving Averages: ­­Potential changes in progress :

चार्टमा आवश्यक परिवर्तनको संकेतले Moving Averages  कमजोर स्थितिबाट बलियो बन्दै गएको देखिन्छ । अन्य प्राविधिक संकेतहरुको सहयोगमा परिवर्तनको क्रममा रहेकाले अझ केही दिनको कारोबार दवाबमुक्त बन्न खरिदकर्ता लगानीकर्ताहरुको सक्रियताले निरन्तरता पाउने सम्भावना बलियो बन्दै गएको देखिन्छ  । 

iv)Daily MACD / Weekly MACD Divergence & Crossover above Zero line: खरिददारी निरन्तर रहने संकेतको प्रभाव यथावत ।

यहाँ कुनै पनि Dominant fundamental factor को अनुपस्थिति रहेसम्म chart मा प्राप्त MACD Divergence को Daily र Weekly चार्ट र MACD संकेतअनुसार पछिल्ला साता नै सुनिश्चित भइसकेको संकेत अझै प्रभावी नै देख्न सकिन्छ । चित्रमा देखाइएअनुसार गत साताको बढोत्तरीले पनि Bullish Divergence र क्रसओभरले बुल यात्रा यथावत नै रहेको  देखिन्छ । साथै आउने सातालाई खरिददारीको अनिवार्य अवसर निरन्तर हुने देखाउँछ ।

अन्य प्राविधिक संकेतहरुको प्रभाव निरीह बन्दै: Daily chart मा प्राप्त MACD Crossover को Zero line भन्दा माथितिर र हिस्टोग्राम चार्ट पनि converge हँुदा बजार दवाबमुक्त नै रहेको । 

v)NEPSE MonthlyCANDLESTICK CHARTM

दुरगामी मुख्य ट्रेन्डलाइनको प्रभाव रहेसम्म बजारको आफ्नो लय Bullish नै कायम रहेको बुझाईले म्यान्डेट प्राप्त गर्न प्रयत्नरतः 

Triangle Limit को तल्लो भागभन्दा माथि नै बजार फर्किसकेकोले प्राविधिक सेटअप अनुसार बजारको ओरालो लाग्ने आशा कमजोर बन्दै गएको भन्न सकिन्छ । कुनै Dominant fundamental factorको जन्म नभएमा प्राविधिक सेटअपले म्याण्डेट प्राप्त गर्ने अभ्यासमा शंका नगरी आउने साताको कारोबारमा भाग लिँदै प्राविधिक गणनामा कारोबार निरन्तर गर्न सकिने । 

कारोबार दिर्घकालिन अवधिको ट्रेण्डभित्र नै रहेको तथा माथि Chart मा Technical Trend line सेटअप अनुसार  बजारको Long term Trend निलो ब्याण्ड(उकालो भित्रको रातो ब्यान्ड (secondary Trend, Bearish) देखिए पनि मुख्य ट्रेन्डलाइनको प्रभाव बुलिस रहेसम्म बजार सक्रिय खरिदकर्ता लगानीकर्ताहरुको नेतृत्व हाबी हुने मान्यताले म्यान्डेट प्राप्त गर्दै गएको देखिएको छ ।