काठमाण्डौ । सुनको भाउ आज बिहीबार पनि उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार २०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामै १ हजार ३०० रुपैयाँले उकालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामै २५ रुपैयाँले बढेर १ हजार ३३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।