काठमाण्डौ । साताको पहिलो काराबारको दिन आइतबार दिनैभर नकारात्मक रहेको सेयर बजार ६.९ अंकले घटेर बन्द भएको छ।
ब्रोकर हाउसहरुमा भेटिएका केही लगानीकर्ताले तरलता सहज हुँदै जानु र ब्याजदर पनि घट्दै जानुले सकारात्मक संकेत गरे पनि राजनीति अन्यौलका कारण लगानीकर्ता डराउँदा बजार सुस्ताएको बताएका छन्। तर, अबको केही दिनमा सरकारले पूर्णता पाउने भएकोले राजनीतिक अन्यौल हट्दै जाने र बजार पनि सकारात्मक हुनेमा उनीहरु आशावादी देखिन्छन्।
आज उच्च कारोबार शीर्ष १० ब्रोकरमा ७ वटाको सेयर बिक्री र ३ वटाको खरिद बढी देखिएको छ।
उच्च कारोबार गर्ने ब्रोकरको सूचीको शीर्ष स्थानमा आज नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) रहेको छ। नासाको बिक्री बढी देखिन्छ। नासाले ७ करोड १२ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको देखिएको छ भने ६ कारोड ९६ लाख रुपैयाँबराबरको सेयरमात्रै खरिद गरेको देखिएको छ।
कारोबारका हिसाबले दोस्रो नम्बरमा आज अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९) रहेको छ। यो ब्रोकरले पनि सेयर बिक्री बढी गरेको देखिन्छ। अनलाइनले ६ करोड ४४ लाख रुपैयाँको सेयर बिक्री गरेर ६ करोड ३४ लाख रुपैयाँबराबरको खरिद गरेको छ।
तेस्रो स्थानमा डाइनामिक मनिम्यानेजर सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४) रहेको छ। यो ब्रोकरले सेयर खरिदभन्दा बिक्री बढी गरेको छ। यो ब्रोकरले ५ करोड ४१ लाख रुपैयाँबराबर सेयर बिक्री गरेर ३ करोड ८४ लाख रुपैयाँको सेयर खरिद गरेको छ।
उच्च कारोबार गर्नेको सूचीको चौथो स्थानमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४) को पनि सेयर बिक्री बढी देखिएको छ। यो ब्रोकरले ४ करोड ४४ लाख रुपैयाँबराबरको सेयर बिक्री गर्दा ४ करोड ४ लाख रुपैयाँबराबरको खरिद गरेको छ।
पाँचौँ स्थानमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) रहेको छ। यो ब्रोकरले ४ करोड रुपैयाँको सेयर बिक्री गरेर ३ करोड ४८ लाख रुपैयाँको खरिद गरेको छ।
कारोबारका हिसाबले श्रीकृण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८) छैटौँ स्थानमा छ। यो ब्रोकरले ५ करोड २६ लाख रुपैयाँबराबरको सेयर खरिद तथा २ करोड १३ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। यो ब्रोकरले बिक्रीभन्दा खरिद बढी गरेको छ।
सातौँ स्थानमा रहेको एबीसी सेक्युरिटिज(स्टक ब्रोकर नं. १७)को बिक्री बढी देखिन्छ। यो ब्रोकरले ३ करोड ५७ लाख रुपैयाँबराबरको सेयर बिक्री गर्दा ३ करोड ४० लाख रुपैयाँबराबरको खरिद गरेको छ।
त्यसैगरी सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२) आठौँ स्थानमा छ। यो ब्रोकरको खरिदतर्फ ३ करोड ८७ लाख रुपैयाँ तथा बिक्रीतर्फ २ करोड ७१ लाख रुपैयाँ रहेको छ।
नवौँमा आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७) ले ३ करोड २१ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर २ करोड ७३ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यसले बिक्री बढी गरेको छ।
कारोबारका हिसाबले दसौँ स्थानमा एसियन सेक्युरिटिज (स्टक ब्रोकर नं. २६) रहेको छ। यो ब्रोकरले ३ करोड ७ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर २ करोड ३३ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
1 day ago