काठमाण्डौ । विराटनगरबाट काठमाण्डौका लागि उडान भर्न लागेको यती एयरलाइन्सको जहाजमा खराबी आएपछि विमानस्थलमा रोकिएको छ।
वाइटी ७८६ उडान नम्बर र एमएम कल साइन भएको उक्त विमान बिहीबार राति काठमाण्डौदेखि यात्रु लिएर विराटनगर पुगेको थियो। आज बिहान साढे ७ पहिलो उडान भर्न लाग्दा खराबी आएपछि विमान विराटनगर विमानस्थलमै रोकिएको हो।
उडान भर्न लागेको जहाजमा समस्या आएपछि उडान रोकेको विमानस्थल कार्यालयले जनाएको छ। उक्त विमान विराटनगरबाट ६० जना यात्रुसहित उड्ने तयारीमा थियो।
विमान ‘स्टार्ट’को तयारी हुँदै गर्दा इन्डिकेटरमा खराबी देखिएको यती एयरलाइन्सले जनाएको छ। समस्या समाधान गर्न काठमाण्डौबाट प्राविधिक टोली विराटनगर पुगेको छ।
समस्या समाधानपछि मात्रै उक्त विमानको उडान नियमित हुने एयरलायन्सले जनाएको छ।
4 minutes ago
48 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago