काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ३४ पदमा १ सय ४१ कर्मचारी मागेको छ । 

प्राधिकरणले निर्देशकदेखि सहायकसम्मका पदमा कर्मचारी मागेको हो । 

आर्थिक प्रशासन समूहका लागि एघारौं तहको निर्देशक पदमा एक कर्मचारी मागिएको छ । यस्तै, प्रशासन, सिभिल इञ्जिनियरिङ, इलेक्ट्रिकल इञ्जिनियरिङ र मेकानिकल इञ्जिनियरिङ समूहका लागि ५ जना उपनिर्देशक मागिएको छ । 

विभिन्न समूहका लागि ६ जना प्रबन्धक, १३ जना उपप्रबन्धक, ६६ जना वरिष्ठ अधिकृत, ९ जना अधिकृत, २३ जना वरिष्ठ सहायक, १८ जना सहायक कर्मचारी मागिएको हो । 

इच्छुकले आगामी पुस ६ गतेभित्र र दोब्बर दस्तुुत तिरी १३ गतेभित्र आवेदन दिनसक्ने बताइएको छ । 

नागरिक उड्डयन प्राधिकरण र यस अन्तर्गतका कार्यालयहरुबाट आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

माग गरिएका कर्मचारी, उनीहरुका लागि आवश्यक शैक्षिक योग्यता, कार्यानुुभव तथा उमेर हद लगायतका जानकारीका लागि यो सूचना हेर्नुहोस्: