काठमाण्डौ । कुनै पनि जहाज उडेपछि गन्तव्यमा पुगेपछि मात्रै अवतरण गरिन्छ। प्राविधिक कारण वा अन्य कुनै समस्या देखिएमा जहाज गन्तव्य अवतरण गर्न नसकिए अन्यत्र ओरालिन्छन्। तर सोमबार घटना अहिले फरक देखिएको छ।
त्रिभुवन विमानस्थलबाट रुकुमका लागि उडेको नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज पाइलटको ड्युटी सकिएपछि नेपालगन्ज विमानस्थल अवतरण गरिएको थियो। यो घटनाको अहिले सर्वत्र आलोचना भइरहेको छ।
विमान पाइलट पेम्बा शेर्पाले उडाएका थिए। विमान त्रिभुवन विमानस्थलबाट दिउँसो ३ बजे उडेको थियो। पाइलट शेर्पाको ड्युटी दिउँसो ४ बजे सकिने थियो। नेपालगन्ज पुग्दा ४ बजेपछि उनले नेपालगन्ज विमानस्थलमै विमान अवतरण गराएका हुन्।
विमानमा ८ जना यात्रु सवार थिए। ती सबैलाई वायुसेवा निगमले खाने–बस्ने व्यवस्था मिलाएको थियो।
सोही जहाजबाट मंगलबार बिहान ती यात्रुलाई चौरजहारी पुर्याइएको छ।
यसैबीच घटनालाई लिएर क्याप्टेन शेर्पालाई निगमले स्पष्टीकरण सोधेको छ। नागरिक उड्डयन मन्त्रलायको निर्देशनमा निगमले शेर्पालाई स्पष्टीकरण सोधेको हो। यस विषयमा थप छानबिन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
23 hours ago
23 hours ago