काठमाण्डौ । केही दिनदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निकै उतारचढाव भइरहेको छ। तेलको उत्पादन कटौतीको योजना केही दिनयता कच्चा तेलको मूल्यमा निकै उतारचढाव आइरहेको हो। 

लगातार दुई दिन बढेको कच्चा तेलको मूल्यमा बुधबार फेरि गिरावट आएको छ। यसअघि सोमबार र मंगलबार तेलको मूल्यमा भारी वृद्धि भएको छ। 

ओपेक प्लस देशहरुले तेल उत्पादनमा कटौती गर्ने निर्णय लिने अनुमानले अघिल्लो दुई दिन लगातार तेलको मूल्यमा बढोत्तरी भएको थियो। तर, ओपेकले तेल उत्पादन कटौती गर्ने निर्णय गरेपछि भने तेलको मूल्यमा गिरावट आएको छ। 

विश्व अर्थतन्त्रमा जारी मन्दीका बीच ओपेक प्लस देशहरुले तेलको भाउ बढाउने योजनाका साथ उत्पादन कटौती गर्ने निर्णय गरेका छन्। तेल उत्पादन घटाउन सहमत भएको ओपेक प्लसको यो निर्णयमा रुसले पनि समर्थन गरेको छ। यद्यपि तेलको मूल्य बढाउने ओपेकको योजना विफल साबित भएको छ। 

आज बुधबार ब्रेन्ट क्रुड १.०६ प्रतिशतले घटेर ९१.८५ डलर प्रतिब्यारेलमा झरेको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) १.३४ प्रतिशतले घटेर ८५.७२ डलर प्रतिब्यारेलमा झरेको छ। – एजेन्सी