काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा डोकेको छ।

संस्थाको हिजो सोमबार साँझ बसेको बैठकले वार्षिक साधारणसभा यही चैत ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको भैरहवास्थित होटेल पौवामा बिहान १०.३० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १७.८१ प्रतिशत बोनस सेयर अनुमोदन गर्नेछ। 

सोही सभाले पुँजीवृद्धिका लागि एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। त्यस्तै अन्य उपयुक्त लघुवित्त संस्था गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कारबाही अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियार प्रदान गर्ने निर्णय पनि पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले चैत १८ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब चैत १७ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।