काठमाण्डौ। डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले १ सातासम्म खुल्ने विकास बैंकका शाखाहरुको सूची आज सार्वजनिक गरेको छ।

निषेधाज्ञाका अवधिभर नेपाल राष्ट्र बैंकले विकास बैंकहरुको हकमा काठमाण्डौ जिल्लामा २ वटा, ललितपुर र भक्तपुर जिल्लामा एउटा÷एउटा शाखा खोल्न निर्देशन दिएको छ। त्यहीअनुसार आउँदो जेठ ३१ गतेसम्म एसोसिएसनमा आबद्ध राष्ट्रियस्तरका ८ विकास बैंकका खुला रहने शाखाहरुको सूची सार्वजनिक गरिएको हो। 

निषेधाज्ञाका बेला उपत्यकाभित्र विकास बैंकहरुका शाखा कार्यालयहरु बिहान १० बजेदेखि २ बजेसम्म खुल्नेछन्। उपत्यकाबाहिर भने स्थानीय तहको निर्देशनअनुसार शाखा खुल्ने एसोसिएसनले जनाएको छ। 

यस्तो छ जेठ ३१ गतेसम्म खुला रहने विकास बैंकहरुको शाखाको सूची–

गरिमा विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार- लाजिम्पाट, गोंगबु, बानेश्वर, कुमारीपाटी र सूर्यविनायक।

जेठ २४ गते सोमबार- लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर।

जेठ २५ गते मंगलबार- लाजिम्पाट, गोंगबु न्युरोड, कुमारीपाटी र सूर्यविनायक।

जेठ २६ गते बुधबार- लाजिम्पाट, चाबहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर।

जेठ २७ गते बिहीबार - लाजिम्पाट, गोंगबु, बानेश्वर, कुमारीपाटी र सूर्यविनायक।

जेठ २८ गते शुक्रबार - लाजिम्पाट, कलंकी, न्युरोड, इमाडोल र गठ्ठाघर।

जेठ ३० गते आइतबार- लाजिम्पाट, गोंगबु, बानेश्वर, कुमारीपाटी र सूर्यविनायक।

जेठ ३१ गते सोमबार- लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर।

ज्योति विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार- पेप्सीकोला, सितापाइला र झम्सीखेल।

जेठ २४ गते सोमबार- जोरपाटी, कीर्तिपुर र प्रयागपोखरी।

जेठ २५ गते मंगलबार- बलम्बु, बानेश्वर, साँखु र बोडे।

जेठ २६ गते बुधबार- न्युरोड, टोखा, चापागाँउ र च्यामासिंह।

जेठ २७ गते बिहीबार- ठमेल, कालिमाटी र सातदोबाटो।

जेठ २८ गते शुक्रबार- महाराजगञ्ज, सुन्धारा र बोडे।

जेठ ३० गते आइतबार- असन, फुटुङ र झम्सीखेल।

जेठ ३१ गते सोमबार- कमलपोखरी, कोटेश्वर  र च्यामासिंह।

कमना सेवा विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार- सानागाउँ, गोंगबु, नयाँबानेश्वर र लोकन्थली।

जेठ २४ गते सोमबार- कुमारीपाटी, कुलेश्वर, मनमैजु र राधेराधे। 

जेठ २५ गते मंगलबार- ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे।

जेठ २६ गते बुधबार - कुमारीपाटी, बौद्ध, चाबहिल र भिमसेनगोला।

जेठ २७ गते बिहीबार- सानागाँउ, चपली, ठमेल र कुलेश्वर।

जेठ २८ गते शुक्रबार- भंगाल, न्यूरोड र बालाजु।

जेठ ३० गते आइतबार- चाबहिल, कलंकी, कुमारीपाटी र लोकन्थली।

जेठ ३१ गते सोमबार- ज्ञानेश्वर, मनमैजु, ग्वार्को र राधेराधे। 

लुम्बिनी विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार- डिल्लीबजार, कुमारीपाटी र त्रिपुरेश्वर।

जेठ २४ गते सोमबार- बोडे, गोंगबु र ठमेल।

जेठ २५ गते मंगलबार- बसुन्धरा, मंगलबजार र नरेफाँट।

जेठ २६ गते बुधबार- नारायणटार, कौशलटार र ढुंगेधारा।

जेठ २७ गते बिहीबार- महालक्ष्मीस्थान, न्युरोड र टोखा। 

जेठ २८ गते शुक्रबार- कपन, कुलेश्वर र लेले।

जेठ ३० गते आइतबार- त्रिपुरेश्वर, कुमारीपाटी र डिल्लीबजार।

जेठ ३१ गते सोमबार- ठमेल, गोंगबु र बोडे।

महालक्ष्मी विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार- दरबारमार्ग, सुकेधारा र सातदोबाटो। 

जेठ २४ गते सोमबार- ठमेल, मैतिदेवी र झम्सिखेल।

जेठ २५ गते मंगलबार- दरबारमार्ग, डल्लु, कुमारीपाटी र भक्तपुर।

जेठ २६ गते बुधबार- बसुन्धरा, संखमुल र सातदोबाटो।

जेठ २७ गते बिहीबार- दरबारमार्ग, चाबहिल र झम्सिखेल।

जेठ २८ गते शुक्रबार- पुतलीसडक, कोटेश्वर, कुमारीपाटी र भक्तपुर। 

जेठ ३० गते आइतबार- दरबारमार्ग, न्युरोड र सातदोबाटो।

जेठ ३१ गते सोमबार- सानोभर्याङ, गोंगबु र झम्सिखेल। 

मुक्तिनाथ विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार- कमलादी, कीर्तिपुर, कुमारीपाटी र थिमी।

जेठ २४ गते सोमबार- न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक।

जेठ २५ गते मंगलबार- नयाँ बानेश्वर, सितापाइला, इमाडोल र सूर्यविनायक।

जेठ २६ गते बुधबार- महाराजगञ्ज, ठमेल, कुमारीपाटी र थिमी।

जेठ २७ गते बिहीबार- कमलादी, जोरपाटी, भैंसेपाटी र सूर्यविनायक।

जेठ २८ गते शुक्रबार- कोटेश्वर, बसुन्धरा, बाँडेगाउँ र कमलविनायक।

जेठ ३० गते आइतबार- कमलादी, कीर्तिपुर, कुमारीपाटी र थिमी।

जेठ ३१ गते सोमबार- न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक।

साग्रिला डेभलपमेण्ट बैंक लिमिटेड

जेठ २३ गते आइतबार- न्यूरोड, कुमारीपाटी, थिमी र नयाँबानेश्वर।

जेठ २४ गते सोमबार- असन, इमाडोल, पेप्सीकोला र कमलविनायक।

जेठ २५ गते मंगलबार- अनामनगर, बनस्थली, नखिपोट र थिमी।

जेठ २६ गते बुधबार- नारायनटार, सानेपा, कपन र कमलविनायक।

जेठ २७ गते बिहीबार- बालुवाटार, कुमारीपाटी, थिमी र चाबहिल।

जेठ २८ गते शुक्रबार- नखिपोट, टोखा, कालीमाटी र कमलविनायक।

जेठ ३० गते बिहीबार- न्युरोड, कुमारीपाटी, थिमी र बानेश्वर।

जेठ ३१ गते शुक्रबार- इमाडोल, पेप्सीकोला, कमलविनायक र असन।

शाईन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेड

जेठ २३ गते आइतबार- गोंगबु र नयाँ बानेश्वर।

जेठ २४ गते सोमबार- कलंकी र न्यूरोड।

जेठ २५ गते मंगलबार- नयाँ बानेश्वर र महाराजगञ्ज।

जेठ २६ गते बुधबार- न्यूरोड र गोंगबु।

जेठ २७ गते बिहीबार- नयाँ बानेश्वर र कलंकी।

जेठ २८ गते शुक्रबार- न्युरोड र महाराजगञ्ज।

जेठ ३० गते आइतबार- कलंकी र गोंगबु।

जेठ ३१ गते सोमबार- नयाँ बानेश्वर र न्युरोड।