काठमाण्डौ । उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले असार ७ गतेसम्म जारी निषेधाज्ञालाई थप ७ दिन लम्ब्याउने निर्णय गरेको छ । 

असार ८ गतेदेखि लागू हुने नयाँ निषेधाज्ञामा निजी सवारीमा जोरविजोर प्रणाली लागू हुनेछ । यस्तै, सबै खालका पसल समेत खुल्ला गर्न दिने निर्णय भएको छ । 

प्रशासनले विभिन्न प्रकृतिका पसलहरुलाई विभिन्न बार तोकेर संचालन गर्न दिने निर्णय गरेको हो । 

त्यस्ता पसलहरु तोकिएका दिनमा बिहान ११ बजेदेखि ४ बजेसम्म मात्र संचालन गर्न पाइनेछ । 

कुन बार केको पसल खोल्न पाइन्छ ?

सोमबार, बुधबार र शुक्रबार

डिपार्टमेन्टल स्टोर(ग्रोसरीबाहेक), सपिंग मल र खेलकूद सामाग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिंग

आइतबार, मंगलबार र बिहीबार
सुन पसल, भाडा तथा भाडाजन्य पसल, विद्युत्तीय घरायसी सामाग्री, अटोमोवाइल सोरुम, अटोमोवाइल पार्टस पसल, इलेक्टोनिक पसल(मोवाइल तथा कम्प्युटर पसल)

खाद्यान्न, दूध तथा दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु, पूजा सामाग्री बिक्री वितरण गर्ने पसल, खेलकूद सामाग्री पसल, डिपार्टमेन्टल स्टोर(ग्रोसरी मात्र), र स्टेशनरी तथा पुस्तक पसलहरु दैनिक ११ बजेसम्म नै संचालन गर्न पाइनेछ । 

निर्माणजन्य सामाग्रीको पसल पनि दैनिक रुपमा बिहान ११ बजेदेखि ६ बजेसम्म संचालन गर्न पाइनेछ । 

पसल व्यवसाय गर्दा  कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने, अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, मास्क लगाउनुपर्ने लगायतका स्वास्थ्य मापदण्ड समेत तोकिएको छ ।