काठमाण्डौ । कोरोना महामारीका सुस्ताएका बैंकहरु पछिल्लो समय निकै आक्रमक ढंगले अगाडि बढेका छन्।
पछिल्लो एक महिनाको तथ्यांक हेर्ने हो भने बैंकहरुले कर्जा प्रवाह गतिलाई निकै तीव्रता दिएका छन्। यो अवधिमा बैंकको कुल कर्जा प्रवाह १ खर्ब १३ अर्ब रुपैयाँले बढेको छ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार माघ २ गतेसम्म बैंकहरुको कुल कर्जा प्रवाह ३२ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ। जब कि पुस ३ गतेसम्म बैंकहरुले कुल ३१ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
त्यसो त पछिल्लो एक सातामै बैंकहरुले ५१ अर्ब रुपैयाँले कर्जा प्रवाह बढाएका छन्। गत पुस २४ गतेसम्म कुल ३१ खर्ब ८५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले माघ २ गतेसम्म आउँदा कर्जा प्रवाहलाई बढाएर ३२ खर्ब ३६ अर्ब रुपैयाँको उचाइमा पुर्याएका छन्।
कर्जासँगै बैंकहरुले निक्षेप संकलन पनि आक्रमण ढंगले बढाएका छन्। पछिल्लो एक महिनाको अवधिमा बैंकहरुको कुल निक्षेप संकलन ६५ अर्ब रुपैयाँले बढेको छ। गत पुस ३ गतेसम्म ३६ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन रहेकोमा माघ २ गतेसम्म आइपुग्दा बढेर ३६ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ।
पछिल्लो एक सातामा मात्रै बैंकहरुको कुल निक्षेप संकलन २४ अर्ब रुपैयाँले बढेको छ। गत पुस २९ गतेसम्म बैंकहरु कुल निक्षेप संकलन ३६ खर्ब ५१ अर्ब रुपैयाँ रहेकोमा माघ २ गतेसम्म बढेर ३६ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको हो।
7 hours ago
8 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
14 hours ago