काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले एसईई विद्यार्थीलाई एईई २०७८-७९ को नतिजा हेर्नका लागि एसएमएस सेवा उपलब्ध गराउन स्प्यारो एसएमएससँग सम्झौता गरेको छ। विद्यार्थीले एसएमएसमार्फत एईईको नतिजा हेर्न सक्नेछन्।

स्प्यारो एसएमएस आधिकारिक एसएमएस सेवा प्रदायक हो। एक दशकदेखि प्रत्येक वर्ष एसईईको नतिजा प्रकाशित गर्दै आएको छ। यो साझेदारीसँगै अब नेपालभरका एसईई विद्यार्थी र अभिभावकले सजिलै र सहज रूपमा एसएमएसमार्फत आफ्नो एईई नतिजा हेर्न सक्नेछन्। 

विद्यार्थी र तिनको नतिजाबीचको दूरी कम गर्ने उद्देश्यका साथ स्प्यारो एसएमएसले परीक्षाको नतिजा सीधै मोबाइल फोनमा उपलब्ध् गराउँछ। विगत १० वर्षदेखि देशभरका विद्यार्थीले यस सेवाबाट लाभान्वित हुँदै आएका छन्। 

जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस) का मुख्य कार्यकारी अधिकारी मनोज थापा भन्छन्, ‘केही सेकेन्डभित्र आफ्नो मिहिनेतको नतिजा थाहा पाउनु जोकोहीका लागि पनि उत्साहजनक र रोमाञ्चक अनुभव हो। स्प्यारो एसएमएस लाखौँ विद्यार्थीसँग आफ्नो सेवामार्फत यी भावना साझा गर्न सक्षम भएकोमा गर्व गर्दछ।’ 

एसईईको नतिजा एसएमएसमार्फत कसरी हेर्ने ?

एसईईको नतिजा एसएमएसमार्फत हेर्नका लागि  निम्न चरणहरु पालना गर्नुहोस्–

१. आफ्नो मोबाइलको एसएमएस बाकसमा जानुहोस्

२. नयाँ एसएमएस लेख्नुहोस्

३. आफ्नो सिम्बल नम्बर टाइप गरेर एउटा स्पेस दिनुहोस् 

४. ३५००१ मा एसएमएस पठाउनुहोस्